Techie IT
शुक्रबार, असार ६,२०८२

प्रतिनिधिसभा बैठक सुरु, शीर्ष नेताहरूले सम्बोधन गर्नुहुँदै


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्दै हुनुहुन्छ।

बैठक अहिले १ः३० बजे प्रारम्भ भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरूले सम्बोधन गर्नुहुनेछ ।

बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीबाट टेबुल गरिने कार्यसूची रहेको सचिवालयले जनाएको छ । यसैगरी अधिवेशन समापनका अवसरमा दलीय आधारमा सांसदहरुले आ–आफ्नो भनाइ राख्नुहुनेछ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउनुहुने कार्यसूची छ ।

मन्त्रिपरिषद्को आजको बैठकले प्रतिनिधिसभाको चालू ११औँ अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रतिनिधिसभा, #प्रतिनिधिसभा बैठक सुरु, #शीर्ष नेताहरूले सम्बोधन गर्नुहुँदै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Rain
5:07 am7:03 pm +0545