तीन दर्जन भन्दा बढी पत्रकारलाई पुरस्कृत गर्दै प्रेस काउन्सिल नेपाल
काठमाडौं । प्रेस काउन्सिल नेपालले यो वर्ष तीन दर्जन भन्दा बढी पत्रकार र केही सञ्चारमाध्यमलाई समेत पुरस्कृत गर्ने भएको छ ।
काउन्सिलको ५३औँ वार्षिकोत्सवका अवसरमा ती पत्रकार र सञ्चारमाध्यमलाई पुरस्कृत गर्न लागिएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनालले जानकारी दिएका छन् ।
उनका अनुसार हिजो शुक्रबार बसेको प्रेस काउन्सिल बोर्ड बैठकले पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका पत्रकार र सञ्चारमाध्यमलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
प्रेस काउन्सिल नेपालले यही असोज ६ गते ५३औँ वार्षिकोत्सव मनाउँदैछ । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुरस्कार वितरण गर्ने काउन्सिलले जनाएको छ ।
प्रेस काउन्सिलले पत्रकार तथा सञ्चार माध्यमको अनुगमन र मूल्याङ्कन गरी मर्यादित तथा जिम्मेवार बनाउन भूमिका खेल्दै आएको छ ।
पुरस्कृत हुने पत्रकार र सञ्चार माध्यमको नामावली–

क्याटेगोरी : समाचार
ट्याग : #प्रेस काउन्सिल नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्