फोहर ब्यबस्थापन संगै सामाजिक रुपान्तरणको दिशामा अगाडी बढ्दै स्वतन्त्र नागरिक वातावरण सफाइ अभियान
काठमाडौं । काठमाडौं उपत्यका लगाएत देशैभरि शनिवार सयौं सफाई अभियानहरु चल्नेगरेका छन् । काठमाडौं उपत्यकामा मात्रै दर्जनौं अभियानहरु सन्चालनमा छन् । अभियानहरु मध्य पछिल्लोसमय प्रभावकारी भुमिकामा देखिएको स्वतन्त्र नागरिक वातावरण सफाइ अभियानले आज बालाजु क्षेत्रमा कार्यक्रम गरेको हो ।
अभियानले सरसफाई मात्र नभएर सार्वजानिक जग्गा संरक्षण तथा सामाजिक रुपान्तरणको बिषयमा समेत आफुलाई कृयाशिल गराउँदै लगेको छ । अभियानले बनस्थली खरिबोट तथा पिपलटार लगायतका स्थानमा रहेको सार्वजानिक जग्गा संरक्षणमा स्थानिय संघ संस्थाको सहकार्यमा यो भन्दा अगाडी कार्यक्रमहरु धेरै कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।
आज भएको सरसफाई तथा त्यस क्षेत्रमा अब्यबस्थित बसोबास गर्ने भारतिय नागरिकहरुलाई हटाउने कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं.१६का वडा अध्यक्ष मुकुन्द रिजालको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा महानगर प्रहरी , नेपाल प्रहरी , त्यस क्षेत्रमा फोहर ब्यबस्थापजको कार्य गरिरहेको नेप्सेम्याक सेवा प्रा.लि. , सामाजिक अभियन्ता तथा स्थानिय संघ संस्थाको सकृय सहभागिता रहेको थियो ।
स्थानिय सरकार र स्थानिय नागरिकको सहभागिता बिना सामाजिक रुपान्तरणको अभियान सफल हुन नसक्ने भएकोले अभियान सदैव स्थानिय सरकार संग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको अभियानको संयोजक मुकुन्द सिलवालले बताउनु भयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्