विज्ञान र प्रविधिलाई सहि तरिकाले आत्मसात् गर्न सकेमात्रै देशको विकास हुन्छ: ‘प्रचण्ड’
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान र प्रविधिलाई सहि तरिकाले आत्मसात् गर्न सकेमात्रै देशको विकास हुने बताएका छन् । उनले विज्ञान–प्रविधिको सहि सदुपयोग गर्ने राष्ट्र विकासित रहेको बताउँदै प्रविधिलाई आत्मसात् गर्न नसक्ने मुलुक अल्पविकशीत रहेको उल्लेख गरे ।
राष्ट्रिय विज्ञान दिवसको अवसरमा पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित मोबाइल एप शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले हेराइ र सोचाईमै नयाँपन ल्याउन वैज्ञानिक दृष्टिकोण विकासको बहस गर्न जरुरी रहेको औल्याए ।
अहिले विज्ञान प्रविधिलाई जसले राम्रोसँग आत्मसात् गर्न सक्यो ती राष्ट्रहरु विकसित छन् । जस्ले त्यसो गर्न सकेन ती अल्पविकसित छन् । हाम्रो समाजको नेगेटिभ भन्छन् नि, हाम्रो हेराइ र सोचाईमै नयाँपन वैज्ञानिक दृष्टिकोण विकासको बहस गर्न जरुरी छ ।
उनले निर्वाचनलाई लक्षित गर्दै प्रविधिको सही सदुपयोग गर्न सक्नेले ठिक ढंगले जनतालाई चेतना दिने बताउँदै जनतालाई सहि निर्णय लिन मद्धत गर्ने जिकिर गरे।
निर्वाचनमा पनि परम्परागत प्रचार शैली र जनतालाई प्रशिक्षित गर्ने शैलीले परिणाम निकाल्दैन् । विज्ञान प्रविधिको सही सदुपयोग र प्रयोग जस्ले गर्न सक्यों, त्यसले ठिक ढंगले जनतालाई चेतना दिन सक्छ । र, उनीहरुलाई सहि निर्णय लिन मद्धत गर्न सक्छ । यसको प्रयोग कम भयो भने जनचेतना त्यो अनुसारको बन्दैन् ।
अध्यक्ष प्रचण्डले जनताको धार्मिक आस्था र भावनालाई अपमान नगरि उत्पादनको विकास,समग्र सम्बृद्धि र समाजवादको निम्ति यसको महत्व र भुमीका बुझाउनुपर्ने धारणा राखे । उनले विज्ञान र प्रविधिको विकास बिना उत्पादनमा वृद्धि सम्भव नहुने प्रष्ट पारे ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र, #पुष्पकमल दाहाल, #प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्