Techie IT
सोमबार, वैशाख २२,२०८२

प्रतिनिधिसभाबाट तीन विधेयक बहुमतले स्वीकृत


काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले राष्ट्रिय सभाबाट संशोधनसहित प्राप्त तीन विधेयकलाई सभाको बहुमतले स्वीकृत गरेको छ ।

बैठकले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बीमा विधेयक, २०७९ र  सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधन स्वीकृत गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधन छलफलका लागि सभामा प्रस्तुत गर्नुभएको थियो ।

यस्तै, अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नु भएका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले राष्ट्रिय सभाबाट संशोधनसहित प्राप्त बीमा विधेयक, २०७९ र  सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ छलफलका लागि छुट्टाछुट्टै रुपमा सभामा प्रस्तुत गर्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक असोज १ गते शनिवार दिउसो १ बजे बस्नेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रतिनिधिसभा, #प्रतिनिधिसभाबाट तीन विधेयक बहुमतले स्वीकृत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:19 am6:41 pm +0545