भक्तपुर, दाङ, झापा र सल्यानमा चार जना मृत अवस्थामा फेला
काठमाडौं । भक्तपुर, दाङ, झापा र सल्यानमा चार जना मृत अवस्थामा फेला परेका छन् । भक्तपुर ,सूर्यबिनायक नगरपालिका–२ बालकोट धारापाटी बस्ने खोटाङ केपिलास गढी नगरपालिका–४ घर भएकी ६३ वर्षीया रत्न कुमारी राई आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यसैगरी दाङ, घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित मानव कल्याण सेवा समाजको घरमा भारतीय नागरिक रुपसिंह नाम बताउने करिब ४२ वर्षीय पुरुष आफ्नै विस्तारामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
झापा, भद्रपुर नगरपालिका–७ बस्ने ४३ वर्षीय गोबिन्द श्रेष्ठ आफ्नै घरको कोठामा
बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सल्यान, कालिमाटी गाउँपालिका–५ खेरेलास्थित गोठरी खोलामा हाल नाम, थर,
वतन तथा उमेर समेत खुल्न नसकेका पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #झापा र सल्यानमा चार जना मृत अवस्थामा फेला, #दाङ, #भक्तपुर, #मृत अवस्थामा फेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्