Techie IT
सोमबार, वैशाख २२,२०८२

बानेश्वरमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ


 

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
महानगरपालिका–३१ कात्यानी चोक डेरा गरी बस्ने दोलखा बैतेश्वर गाउँपालिका–५ घर भएकी ईन्दिरा तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
तामाङको कोठामा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३४ हजार ९ सय ९० रूपैयाँ र १८ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ, #बानेश्वरमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:19 am6:41 pm +0545