डेंगु संक्रमितका लागि काठमाडौं महानगरद्वारा २४ घण्टे हटलाइन सेवा सुरु

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले डेंगीका बिरामीले आवश्यक पर्दा १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने बताए ।
मेयर शाहले डेङ्गु फैलिरहेको अवस्थामा त्यसको रोकथाम र नियन्त्रणका लागि अत्याधिक सचेतना र क्रियाशीलताको आवश्यकता छ र त्यसको लागि महानगरपालिकाले आवश्यक कदम उठाएको बताएका छन् ।
उनले डेङ्गु संक्रमितहरुका लागि आजबाट २४ घण्टे हटलाइन सुरु गरेको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।
उनले संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्ने व्यवस्था पनि गरेका छन् । यो सँगै डेङ्गु विरुद्धमा टोल टोल वा सामूदायीक रुपमा नै सक्रिय भएर लाग्न मेयर बालेनले नगरबासिहरुलाई अपिल समेत गरेका छन् ।
मेयर शाहले पहिलेदेखि भइरहेका रोकथामका कार्यक्रमहरुलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरु पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग गर्ने पनि बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगर, #काठमाडौँं महानगरपालिका, #डेंगी, #बालेन शाह
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्