कांग्रेसका महामन्त्री गगनकुमार थापालाई डेंगु संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई डेंगु संक्रमण भएको छ । उनी एक्कासी बिरामी भएपछि परीक्षण गर्ने क्रममा डेंगी संक्रमण पुष्टि भएको हो ।
अचानक शरीर दुख्ने र ज्वरो आउने भएसँगै उनको स्वास्थ्य परीक्षण गर्दा डेंगी देखिएको हो । अब केही दिन उनी आराम गर्ने र कुनै भेटघाट नहुने उनको सचिवालयले जानकारी दिएको छ ।
उनलाई १०४ डिग्री ज्वरो आएको थियो । पछिल्लो समय नेता तथा कार्यकर्ताको भेटमा निकै व्यस्त रहेका थापा बढी नै धपेडीमा थिए । जिल्ला जिल्लाबाट आएका उम्मेदवारका आकांक्षीहरु उनको घरमै लाइन लागेर उनीसँग आफ्ना विचार राख्दै आएका थिए ।
त्यतिमात्र होइन थापा आफू आफ्नो उम्मेदवारी क्षेत्र काठमाडौं क्षेत्र नम्बर ४ का विभिन्न क्षेत्रमा जानुका साथै अन्य राजनीतिक भेटघाटहरुमासमेत सक्रिय थिए ।
चिकित्सकको सल्लाहअनुसार औषधि लिँदै उनी निवासमै आराम गरिरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेसका महामन्त्री गगनकुमार थापालाई डेंगु संक्रमण, #गगनकुमार थापा, #डेंगु संक्रमण
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्