सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर काकीद्वार्रा एमडी एमएस प्रणालीको शुभारम्भ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमडी एमएस प्रणालीको शुभारम्भ गरेका छन् ।
डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) उद्घाटनमा बोल्दै उनले आफू अर्थमन्त्री हुदाँ यो प्रणालीबाट अवैध मोबाइलको चलखेल बन्द गर्न नीति ल्याएको र अहिले सञ्चार मन्त्रीको रुपमा यसलाई लागू गर्न पाएकोमा खुसि लागेको बताएका छन् ।
‘म आजभन्दा ४ वर्ष अगाडी अर्थमन्त्रीको मैले जिम्मेवारी सम्हाल्दै गर्दा यो प्रणालीबाट अवैध मोबाइलको चलखेल बन्द गर्न नीति रुपमा मेरै कार्यकालमा यसलाई लागू गरेको थिए । र आज संयोगले सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्न पाउदा शुभारम्भ गर्न पाएको छु ।’
उनले अब आउने निर्वाचनमा जनतालाई मत दिने मेसिनको रुपमा नभई समृद्ध देश बनाउने महत्वपूर्ण भागको रुप मानेर अगाडी जानु पर्ने बताएका छन् ।
‘हामीले जनतालाई केबल मत माग्ने र दिने एउटा मिसिनको रुपमा होईन अब समृद्ध नेपाल र १० वर्षभित्रमा कमसेकम दक्षिण एसियामा सम्पन्न मुलुक मध्यका नेपाली चिनाउने अभियानको रुपमा यो निर्वाचनमा हामी जनताको सामु जानुपर्छ र जनताबाटै अनुमोदित भएर त्यस दिशामा अब देशलाई हामीले निर्देशित गर्नुपर्ने अहिलेको अवस्था छ ।’
उनले हाम्रो देशलाई श्रीलङ्का बन्न नदिनको लागि सम्भावना धेरै भएको र सम्भावनाहरुलाई अवसरको रुपमा प्रयोग गरेर अगाडी बढ्नु बाहेक विकल्प नरहेको पनि बताए ।
अब नेपालमा जसरी जलस्रोत र पर्यटन विकासको सम्भावना छ, त्यस्तै गरेर आइटि हबको रुपमा नेपाललाई परिनत गर्न सक्यौ भने विदेशि मुद्रा आर्जन गर्ने यी बराबरको क्षेत्र सञ्चार पनि भएको उनको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ज्ञानेन्द्र बहादुर कार्की, #सञ्चार तथा सूचना प्रविधिमन्त्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्