कांग्रेसका नेता भीमसेनदास प्रधानका भाइ राजेन्द्र प्रधान एमालेमा प्रवेश
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधानका भाइ राजेन्द्र प्रधान एमालेमा प्रवेश गरेका छन् । बिहीबार एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आयोजित कार्यक्रमबीच उनीसहितको समूह एमालेमा प्रवेश गरेको हो ।
उनीहरूलाई अध्यक्ष केपी ओलीलगायतका नेताहरूले पार्टीमा स्वागत गरे । प्रधानले भने आफू एमालेमा प्रवेश नभई पुनरागमन भएको बताए । २०५० सालमै आफू एमालेको विदेश विभाग सदस्य रहेको र त्यसबेला झलनाथ खनालले विनाकारण अपमान गरेका कारण पार्टीमा नरहेको बताए ।
नातामा भीमसेनदास प्रधानको भाइ भए पनि कम्युनिष्ट आन्दोलनमा आफू पूरानो रहेको बताए ।
सोही कार्यक्रममा माओवादी केन्द्रीय सदस्य तथा चितवन जिल्ला सहइन्चार्ज यमबहादुर परियार ९इन्द्रजीत० लगायतको टोली पनि एमाले प्रवेश गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भीमसेनदास प्रधानका भाइ राजेन्द्र प्रधान एमालेमा प्रवेश, #राजेन्द्र प्रधान एमालेमा प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्