Techie IT
बिहीबार, कात्तिक २७,२०८३

लोसपाका प्रमुख सचेतक एवं सांसद उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रमुख सचेतक एवं संघीय सांसद उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

आगामी असोज ८ गते धनुषा निर्वाचन क्षेत्र नम्बर २ को तीनकौरिया चोकमा हुने वृहत् कार्यक्रममा अरगरिया नेकपा एमालेमा प्रवेश गर्न लागेका हुन् । अरगरियालाई पार्टीमा स्वागत गराउनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली धनुषा जाने छन् ।

यसअघि सोमबार जनकपुरधामको तिरहुतिया गाछीमा भएको एमालेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा जसपाका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, नेपाली कांग्रेस धनुषाका पूर्वउपसभापति सन्तोष यादवसहितका नेता तथा कार्यकर्ताहरू एमाले प्रवेश गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उमाशंकर अरगरिया, #नेकपा एमालेमा प्रवेश गर्ने


तपाईको कमेन्ट लेख्नुहोस्