काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु
काभ्रेपलाञ्चोक । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान साढे ३ बजे पहिरोले घर पुरिँदा ६५ वर्षीया ठूलीमाया तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तमाङ र छोरी ४० वर्षीया सावित्री तामाङको मृत्यु भएको हो।
मृतक दुईजनाको घटनास्थलमै र एक जनाको उपचारकोक्रममा बनेपा स्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको वडा अध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिनुभयो ।
तामाङले घटना स्थल नजिकै चलाल रोडाढुंगा उद्योगले ढुंगाखानी संचालन गरिरहेको र सोही कारण पहिरो गएको हुनसक्ने रेडियो नेपाललाई जानकारी दिनुभयो । राति सुतिरेहका बेला एक्कासी पहिरो खसेपछि घर पुरिएको थियो। घरमा एक्लै रहेकी आफ्नी आमा भेट्न काठमाडौंबाट गएका छोरा र छोरीसहित आमाको पनि पहिराेमा परेर मृत्यु भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु, #पहिरो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्