माओवादीको हातमा जनताले देशको चाबी दिन चाहेका छन्: ‘प्रचण्ड’
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र जनताको लोकप्रिय बन्दै गएको बताएका छन् । उनले जनता माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहेको जिकिर गरे । प्रचण्डले देशको राजनीति कता लैजाने भन्ने कुराको फैसला माओवादीले गरोस् भन्ने चाहाना जनताको मन रहेको स्थानीय चुनावबाटै प्रष्ट भएको उल्लेख गरे ।
“माओवादी पार्टी जनतामा अहिले स्थानीय तहको निर्वाचनबाट एउटा सन्देश के हो भने, जनता अहिले पनि माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहान्छन् । देशको राजनीति कता लैजाने भन्ने कुराको फैसला माओवादीले गरोस् भन्ने चाहाना छ जनताको भन्ने कुरा प्रष्ट देखिएको छ ।”
पोष्टबहादुर बोगटीको ८ औं स्मृति दिवसको अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीले प्रक्रियागत ढंगले खडा गरेको उम्मेद्वार केबल व्यक्तिमात्र नभई सिंगो पार्टी हुने बताए । उनले निर्वाचनमा व्यक्ति जित्ने या हार्ने मुख्य नभएको उल्लेख गर्दै पार्टीले जित्ने या हार्ने विषय महत्वपूर्ण हुने धारणा राखे । यही विषयलाई बुझ्न सके माओवादी पार्टी प्रदेश र संघको निर्वाचनमा देशको एक नम्बर कम्यूनिष्ट पार्टी बन्ने आधार मजबुत रहेको उनको दाबी छ ।
“पार्टीले विधिसंवत ढंगले, प्रक्रियागत ढंगले निर्णय गरेर उम्मेद्वार खडा गरिसकेपछि त्यो व्यक्ति रहँदैन्, त्यो पार्टी हुन्छ । त्यो निर्णय पार्टीको हुन्छ । त्यो व्यक्ति जित्ने या हार्ने मुख्य कुरा होइन्, मुख्य कुरा पार्टीले जित्ने या हार्ने हुन्छ । यति सानो कुरा हामी सबैले बुझ्ने हो भने माओवादी पार्टी प्रदेश र संघको निर्वाचनमा देशको एक नम्बर कम्यूनिष्ट पार्टी बन्ने आधार मैले मजबुत देख्छु ।”
प्रचण्डले माओवादी आन्दोलन र क्रान्तिकारी कम्यूनिष्टहरुको प्रयासले नै देश संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिकमा गएको बताउँदै जतिसुकै नकार्न खोजेपनि ईतिहासले यसलाई स्वीकार्य नगर्ने प्रष्ट पारे । उनले ईमान्दारका साथ मिहिनेत गरे आगामी निर्वाचनमा माओवादीको जितलाई कसैले रोक्न नसक्ने धारणा राखे ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्