नेपाली काङ्ग्रेसको समानुपातिक उम्मेद्वार बन्न ४ मापदण्डमा के के छ ?
काठमाडौं । नेपाली कांग्रेस भित्र यति बेला टिकट बितरणको प्रकृयालाई लिएर टिकाटिप्पणी आलोचना भइराखेको बेला कांग्रेसले चार वटा मापदण्ड बनाएको छ । प्रतिनिधिसभाको १ सय ६५ निर्वाचन क्षेत्रको सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनले एघार दिनदेखि दिनहुँ बैठक गर्दै आए पनि सहमति जुटाउन सकेको छैन ।
पाँच दिनपछि समानुपातिक उम्मेदवारको सूची बुझाउनुपर्ने दबाबमा रहेका गठबन्धन दलका नेताहरूले सहमतिमा हतारो नगर्नुमा पार्टीभित्र बढ्न सक्ने असन्तुष्टि कारण टिकट बितरणमा नयाँ मापदण्ड ल्याइएको बताइएको छ ।
समानुपातिक उम्मेद्वार छान्न नेपाली काङ्ग्रेसले चार ४ मापदण्ड तय गरेको छ ।
१, गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूले समानुपातिकतर्फ उम्मेदवारीको दाबी गर्न पाउने छैनन् ।
२, ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरूलाई समेत संघ वा प्रदेश दुवैतर्फ उम्मेदवार नबनाउने मापदण्ड तय भएको छ ।
३, प्रतिनिधिसभामा समानुपातिकबाट सांसद भएको व्यक्ति अब प्रदेशमा गएर पनि फेरि समानुपातिकबाटै सांसद बन्न नपाउने र प्रदेशमा भएको व्यक्ति प्रतिनिधिसभामा आएर समेत बन्न नपाउने गरी मापदण्ड निर्धारण गरिएको छ ।
४, उच्च नैतिकता, योग्यता, क्षमता भएको र उमेरको सन्तुलनलाई आधार मानेर पार्टीलाई लोकप्रिय मत थप्न सक्ने व्यक्तिलाई समानुपातिकतर्फ उम्मेदवार बनाउने मापदण्ड बनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाली काङ्ग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्