कारागार व्यवस्थापनका लागि बजेटको अभाव छ : गृहमन्त्री खाण
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कारागार विधेयकले कारागारलाई सुधार गृहको रुपमा रुपान्तरण गर्ने उद्धेश्य बोकेको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा कारागार विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै खाणँले विधेयकले कारागार सुधार र व्यवस्थापनलाई संवेदनशील रुपमा लिएको बताए ।
कारागार विधेयकले कारागारलाई एउटा बन्दी गृह या पूरानो प्रचलनमा जेल भन्ने गरिन्थ्यो । त्यसलाई सुधार गृहको रुपमा रुपान्तरण गर्ने यो विधेयकको मुल उद्धेश्य हो ।
गृहमन्त्री बालकृष्ण खाँणले कारागारमा महिला, पुरुष, जेष्ठ नागरिक, शारिरीक अपांग भएकाहरु र निर्दोष बालबालिकाहरु अभिभावकसँगै पुग्ने बताउँदै उनीको व्यवस्थापन गर्ने दायित्व सरकारको रहेको जिकिर गरे ।
कारागारमा महिलाहरु पनि हुनुहुन्छ, पुरुषहरुपनि हुनुहुन्छ । उमेरले जेष्ठ नागरिकहरु पनि हुनुहुन्छ र शारिरीक अपांग भएका, गर्भवति महिला पनि हुनुहुन्छ । कारागारमा विभिन्न अपराधमा दोषि भएकाहरु कारागारमा बस्ने क्रममा निर्दोष स–साना बालबालिकाहरु पनि आफ्ना अभिभावकसँग पुगेका हुन्छन् । तिनीहरुको व्यवस्थापन गर्ने दायित्व पनि राज्यको हो । यो विधेयकले त्यसलाई पनि ज्यादै नै संवेदनशील रुपमा लिएको छ ।
यस विधेयकले प्रजनन् सम्बन्धि अधिकारलाई पनि सुनिश्चिता गर्ने कोशिस गरेको उनको भनाई छ । साथै, कारागार भित्र रहेको नागरिकहरुको क्षमतालाई प्रयोग गर्न सक्ने र मुलुकको उत्पादनसँग जोड्ने विषयको व्यवस्थापनलाई कारागार विधेयकले सुनिश्चित गरेको उनले बताए ।
कारागार विधेयक–२०७८ सन्दर्भमा राष्ट्रिय सभाबाट भएको संशोधन सर्वसम्मतिले स्वीकृत भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गृहमन्त्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्