कारागार विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधन सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले कारागार विधेयक, २०७८ माथि राष्ट्रियसभाबाट भएको संशोधन सर्वसम्मतिले स्वीकृत गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्नुभएको कारागार विधेयक, २०७८ माथि राष्ट्रियसभाबाट भएको संशोधन सर्वसम्मतिबाट स्वीकृत गरेको हो ।
यसअघि, आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनुभएको थियो ।
यसअघि, प्रतिनिधिसभाको आजको बैठक सुरु भएलगत्तै समय लिएर सांसद खगराज अधिकारीले गुठी समस्या समाधान गर्न र सडक विकास सम्बन्धी यसअघिको सरकारले अघि सारेको काममा गम्भीर नभएको भन्दै सरकारको जवाफ माग गर्नुभयो ।
सांसद सूर्य प्रसाद पाठकले पहिरो पीडितलाई क्षतिपूर्ति दिन, नेपाली मूलका विदेशी नागरिकलाई पनि गैर आवासीय नागरिक सरहको परिचयपत्र उपलब्ध गराउन र उत्तर गङ्गा जलविद्युत आयोजनाको निर्माण चाँडो अघि बढाउन माग गर्नुभयो ।
सांसद हितबहादुर तामाङले भाषा आयोगले प्रभावकारी काम गर्न नसकेको, भाषालाई राष्ट्रले गम्भीरतापूर्वक नलिएको र संसद्ले समेत भाषिक ऐन नल्याउँदा थुप्रै समस्याहरू देखिएको बताउनुभयो ।
सांसद प्रेम सुवालले डेंगु रोग नियन्त्रणमा सरकार उदासीन रहेकाले यस विषयमा सरकारले सदनमा जवाफ दिनुपर्ने धारणा राख्नुभयो ।
बैठकको शून्य समयमा, सांसदहरुले बर्दिया जिल्लामा जङ्गली जनावरबाट ज्यान गुमाएका परिवारले क्षतिपूर्ति नपाएको, संसद्मा बायोमेट्रिक हाजिरीको व्यवस्था गरिनुपर्ने, शिक्षक मागमा सरकार गम्भीर नभएको, सत्य निरुपण तथा मेलमिलाप विधेयक तत्काल पारित गर्न अघि बढाउन आग्रह गर्नुभएको थियो ।
सांसदहरुले सोसल मिडियाको दुरुपयोग भइरहेको, डेंगु रोग नियन्त्रणमा सरकार गम्भीर नभएको, अछामी जनता राज्यको सुविधाबाट बञ्चितिकरणमा परेको, संसद्को आयु निर्वाचन आयोगले तोक्ने कार्य गलत रहेको, नागरिकता विधेयक चाँडो प्रमाणीकरण गरिनुपर्ने र चीनसँगको नाका खोल्न सरकारले पहल गर्नुपर्ने बताउनुभएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक भदौ ३० गते बिहीबार दिउँसो १ः०० बजे बस्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्