Techie IT
बुधबार, कात्तिक २६,२०८३

आज राष्ट्रिय बाल दिवस


 

काठमाडौं । नेपाल गरिबी घट्दो क्रममा रहेको र मानव विकासमा प्रगति हुँदै गरेको मुलुक हो । सन् २०१७ मा नेपाल एकात्मक शासन पद्धतिबाट संघीयतामा प्रवेश गर्यो जसको फलस्वरूप देशमा संघीय, प्रादेशिक र स्थानीय गरी तीन तहको सरकार स्थापित भयो । यस प्रक्रिया अन्तर्गत बालबालिकासम्बन्धी धेरै सरकारी सेवाहरू स्थानीय र प्रादेशिक तहमा हस्तान्तरण भए ।
बालबालिकाको अवस्था सुधार्नका लागि सार्वजनिक महत्वका कामहरू गर्न नयाँ संरचनाले अवसरहरु प्रदान गरेको छ । अझ भनौँ, नेपालको संविधानले बालबालिकाको सर्वाङ्गीण विकासका लागि बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता अधिकारको व्यवस्था त गरेको छ तर व्यावहारमा सम्बोधन हुन बाँकी नै छ ।
आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशभर विभिन्न कार्यक्रम गरी ५८ औँ राष्ट्रिय बाल दिवस मनाउँदै छ । सरकारले यो वर्ष ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार’भन्ने मूलनाराका साथ दिवस मनाउन लागेको हो । हरेक वर्ष भदौ २९ गते मनाइँदै यो दिवस मनाईन्छ ।
लामो समयदेखि महिला र बालबालिकको क्षेत्रमा काम गर्दै आएको महिला पुनःस्थापना केन्द्र ओरेकका कार्यकारी निर्देशक लुभ राज न्यौपाने, राज्यले बालबालिकाको मौलिकहकको लागि आवश्यक नीति नियम र संविधानहरुको व्यवस्था गरिदिएता पनि समाज र व्यवहारमा भने बालअधिकारको सवाललाई सम्बोधन गर्न नसकेको बताउँछन् ।

‘बालबालकिाको मौलिकहक सुनिश्चताको लागि नितिगत हिसाबमा अहिलेको विद्यमान संविधान र कानुनले त्यसको व्यवस्था गरेको छ । तर हामी समाजतर्फ फर्कने हो भने व्यवहारमा लागू हुन् धेरै कठिन अवस्था छ । कर्णालीका बाललबालिकालाई हेर्ने हो भने उनिहरुले पाउनुपर्ने हक अधिकार शैक्षिक गुणस्तरका कुराहरुबाट वञ्चित रहनु परेको अवस्था छ । यो हिसावले हेर्दा नेपालले जुन संविधानले व्यवस्था गरेको मैलिकहक र बाल अधिकारको सवाललाई सम्बोधन गर्न धेरै कामहरु बाँकी छ ।’
सडक बालबालिका,विशिष्ठ बालबालिकाहरुको लागि राज्यले व्यवस्था गरेको भए पनि हजारौं बालबालिकाहरु सूचनाको अभावले आफुले पाउनुपर्ने अधिकारहरुबाट बञ्चित छन् ।

‘विशिष्ट आस्थामा रहेका बालबालिकाहरुलाई राज्यले केही फरक हिसाबले सम्बोधन गर्ने व्यवस्था गरेको छ । तर हजारौं बालबालिकाहरु सूचनाको अभावले यो सुविधाबाट बञ्चित हुनुहुन्छ । ’
उनले बालबालिकालाई दिने सेवा सुविधा, पूर्वाधारहरु, शिक्षा प्रणाली बालमैत्री नभएको र प्रयास भएको तर धेरै काम गर्न बाँकी भएको बताएका छन् । यस्तै कारणले बालबालिकाहरु यौन दुव्र्यवहारमा परेका छन् यसले गर्दा बालबालिकाको मष्तिस्कमा असर पर्न सक्ने बताएका छन् ।

‘सेवासुविधा, पूर्वाधारहरुमा हेरौं प्रयास गरेको देखिन्छ तर धेरै कामहरु गर्न जरुरी छ । बालमैत्री नियम,व्यवहार,वातावरणमा हुनुप¥र्यो कतिपय संघसंस्थाहरु बलमैत्री छन् र कति छैनन् । गैरसरकारी संस्थाहरुले बालमैत्री पद्धतिलाई अपनाएर काम गरिरहेका छन् । कति संघ संस्थामा बालबालिकाहरु सुरक्षित हुँदैन्न ।’
नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

बालबालिकाहरुलाई ज्ञान, सिप, धारणाको सकारात्मक र आशीवादी विचारहरुको विचारोपण गर्न जरुरी छ । आधारभुत मौलिक ज्ञानहरु, पारिवारिक स्नेह, उत्साहजनक खेलकुद र आधारभुत अक्षराम्भ लगायतका शिक्षाहरुले गर्दा बालापन सदासर्वदा यादगार रहने कुरा हो ।
बालापनाका तिनै सिकाइका अध्यायहरुले हाम्रो जीवनभर एउटा प्रभाव र आधार दिइरहन्छ ।संसारमा एउटा बालक या बालिक भन्दा स्वतन्त्र अरु कोही छैन, निर्दोष र स्वतन्त्र त्यो मलिलो बालमष्तिष्कमा माया, प्रेम र सद्भावका भावनाहरु छर्न जरुरी छ ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #आज राष्ट्रिय बाल दिवस


तपाईको कमेन्ट लेख्नुहोस्