मानव वेचविखन तथा ओसारपसार कार्यमा संलग्न एक जना पक्राउ

मानव वेचविखन तथा ओसारपसार कार्यमा संलग्न एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका वडा नंम्बर ७ स्थायी घर भई हाल काठमाण्डौं बुढानिलकण्ठ नगरपालिका वडा नंम्बर ५ बस्ने बर्ष ४८ को खेम प्रसाद भट्टराई रहेका छन् ।
भट्टराईले म्याग्दी वेनी नगरपालिका वडा नंम्बर १० स्थायी घर भई हाल भरतपुर महानगरपालिका वडा नंम्बर २ गोलाघाटमा परीवारसंग बस्दैआएकी एक महिलालाई कुवेत पठाइदिन्छु महिनाको ५० हजार रुपैयाँ तलब आउँन्छ भनी पीडितलाई झुक्याएर भारत पुर्याइ लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवन तथा साना हातहरु नेपालको टोलीले सोमबार बिहान दस बजेको समयमा नारायणगढको पुलचोकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका भट्टराईले भारत हुँदै कुवेत लगी बिक्री गर्ने मनशाय राखी पीडितलाई यो विषयमा कसैलाई पनि नभन्नु भनी सिकाई ललाईफकाई लैजादै गरेका थिए । पक्राउ परेका भट्टराई विरुद्ध मानव वेचविखन तथा ओसारपसार कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिइ थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्