सङ्घीयता कार्यान्वयन गर्न सरकार सफल छ : सञ्चारमन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सङ्घीयता व्यावहारिकरुपमा कार्यान्वयन गर्न सरकार सफल भएको बताउनुभएको छ । आज नेपालगञ्जमा प्रेस सङ्गठनले गरेको पत्रकार भेटघाटमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले सरकार बनेको एक वर्षको अवधिमा मुलुकमा तीनवटै तहमा सरकार सञ्चालन, कर्मचारी समायोजन र विभिन्न कार्यालय स्थापना गरी सङ्घीयता व्यावहारिकरुपमा कार्यान्वयन भएको बताउनुभयो ।
यो वर्ष सङ्घीयता कार्यान्वयन गर्ने वर्षका रुपमा रहेको उल्लेख गर्दै यो अवधिमा सङ्घीयता कार्यान्वयनका लागि १०९ वटा कानून संशोधन गरेको र ५५ वटा कानून विधेयकका रुपमा संसद्मा पेश भएको उहाँले जानकारी दिनुभयो । “सरकार समृद्धि प्राप्तिको लक्ष्यमा निरन्तर अगाडि बढेको छ, अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार भएको छ, पारवहन सन्धि, रेल र पानीजहाज कम्पनी खुल्दैछन्”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “छिमेकी र अन्तर्राष्ट्रिय समुदायसँग राम्रो सम्बन्ध विस्तार भएको छ, अब छिट्टै लगानी सम्मेलन गरिनेछ ।”
यो वर्ष सरकारले अगाडि सारेको सामाजिक सुरक्षा योजना अत्यन्तै सफल कार्य भएको उल्लेख गर्दै उहाँले यसमा ६०० बढी रोजगारदाता समाहित भएको बताउनुभयो । “मुलुकभर सडक विस्तार, विमानस्थल निर्माण तथा विस्तार भएका छन् । अब विद्युतीय बस पनि सञ्चालन हुनेछ”, मन्त्री बाँस्कोटाले भन्नुभयो । “अहिले निराशा फैलाउने बेला होइन, लोकतन्त्रको कुनै विकल्प छैन, हामीले स्रोत साधन र क्षमताको पूर्ण प्रयोग गरिरहेका छौँ”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “ढिला हुनसक्छ तर राम्रा काम भइरहेका छन्, हामीले उधारा योजना बाँडेका छैनौँ ।”
प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले सरकारले राम्रो काम गर्दागर्दै पनि सबै बिग्रियो भनेर नकारात्मक तरिकाले प्रचार गरिएको बताउनुभयो । पत्रकारको मागअनुसार नै श्रमजीवी पत्रकार ऐन लागू गर्न खोजिएको उहाँको भनाइ छ । लोककल्याणकारी विज्ञापनको दायरा बढाउने र विज्ञापनलाई व्यवस्थित गर्ने सोचमा सरकार रहेको मन्त्री बाँस्कोटाले उल्लेख गर्नुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्