Techie IT
मंगलबार, मंसीर २,२०८३

 महानगरको सूचनाप्रति वीर अस्पतालको आपत्ति


काठमाडौं । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाएको छ ।
वीर अस्पतालले आपत्ति जनाउँदै घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको नभए राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको छ । महानगरले यस्तो तथ्य सार्वजनिक गर्नुअघि पत्र लेखेको भए यस विषयमा जानकारी गराइने यस्तो संवेदनशील संस्थाका विषयमा गलत तथ्य बाहिर ल्याएको भन्दै आपत्ति जनाएका हुन् ।

यस भन्दा अगाडी महानगरले सुचना जारी गर्दै शंकरदेव, रत्नराज्य लक्ष्मी (आर.आर), नेपाल ल कमर्स र सरस्वती बहुमुखी क्याम्पसले आफ्नो क्षेत्रभित्र बहालमा लगाई आम्दानी गरेको तर बहाल कर नतिरेको भन्दै कर तिर्न आग्रह गरेको थियो ।
पटक–पटक बहाल कर तिर्न ताकेता गरे पनि नबुझाएको भन्दै महानगरपालिकाले पत्र काटेर १० दिनभित्र तिर्न भनेको थियो । महानगरले पत्र प्राप्त गरेको मितिदेखि १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा नियमानुसारको बहाल कर र सोको जरिवनासहित बुझाउन अनुरोध समेत गरेका हो ।

तोकिएको समयभित्र बहाल कर नबुझाए महानगरपालिकाको राजस्व ऐन,२०७५ बमोजिम कारबाही गरी बाँकी कर असूलउपर गर्न आवश्यक प्रक्रिया बढाइने जनाएको थियो ।
महानगरले यस्तो तथ्य सार्वजनिक गर्नुअघि पत्र लेखेको भए यस विषयमा जानकारी गराइने उल्लेख गर्दै वीर अस्पतालका सूचना अधिकारीले संवेदनशील संस्थाका विषयमा गलत तथ्य बाहिर ल्याएको बताएका छन् ।
वीर अस्पताल
वीर अस्पताल नेपालको सबैभन्दा पुरानो तथा ब्यस्त अस्पताल मध्येको एक हो ।यो अस्पताल वि.सं. १९४७ (सन् १८८९) मा बीर शम्शेर द्वारा स्थापित गरिएको थियो त्यसैले यसलाई वीर अस्पताल भनिएको हो । यो अस्पताल सन् २००३ पश्चात एक सरकारी एजेंसी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मार्फत सञ्चालित छ ।

शंकरदेव क्याम्पस
शंकरदेव क्याम्पसको स्थापना वि.सं. २००८ मा भएको हो । सुरुवातमा यस क्याम्पसको नाम नेपाल नेसनल कलेज थियो । त्यसबेला यो कलेज अस्थायी रूपमा दरबार हाई स्कुलमा र त्यसपछि त्रिचन्द्र कलेजमा चलाइएको थियो । वि.सं. २०३० साल साउन १ मा नेपाल नेशनल कलेजको नाम परिवर्तन भएर शंकरदेव क्याम्पस बनाइयो । यस क्याम्पसका लागि शिक्षा क्षेत्रका दधिची शिक्षाविद् शंकरदेव पन्तको योगदान उल्लेखनीय छ । यस कलेजलाई सार्न जग्गा र दुई वटा पुरानो भवन उनले नै बनाइदिएका थिए । त्यसैले यस क्याम्पसको नाम शंकरदेव क्याम्पस रहन गएको हो ।

रत्नराज्य लक्ष्मी (आर.आर)
रत्नराज्य लक्ष्मी (आर.आर) यो क्याम्पस २०१८ सालमा स्थापना भएको हो । यसलाई आर आर क्याम्पस भनेर चिनिन्छ । यो मानविकी र समाज शास्त्र पढाई हुने देशकै ठुलो क्यम्पस हो । यहाँ स्नातक र स्नातकोत्तर तहको बिहान , दिउसो ,र बेलुका गरी तीन शिफ्टमा पढाई हुन्छ ।
नेपाल ल क्याम्पस
नेपाल ल क्याम्पस त्रिभुवन विश्वविद्यालय, कानुन संकाय अन्तर्गतको पहिलो विद्यालय हो । यसको स्थापना नेपाल ल कलेजको नाममा गरिएको थियो । बि. सं. २०११ मा यसको स्थापना प्रो. राम राज पन्तको नेतृत्वमा भएको थियो र उनी त्यसका संस्थापक अध्यक्ष प्रिन्सिपल पनि थिए । नेपालकै सबै भन्दा ठूलो र पुरानो कानुन अध्ययन र अध्यापन गर्ने थलोको रूपमा रहेर यो संस्थाले देशमा कानुन र न्यायिक पद्दतीको विकास गर्नमा पनि उल्लेख्य भुमिका खेलेको छ । यस संस्थाबाट स्नातक भएकाहरूले नेपाल भित्र एवं अन्तरराष्ट्रिय क्षेत्रमा न्यायिक, सरकारी र गैर–सरकारी क्षेत्रमा पुराएको योगदानको ठूलो इतिहास छ ।


क्याटेगोरी : समाचार
ट्याग : #महानगरको सूचनाप्रति वीर अस्पतालको आपत्ति


तपाईको कमेन्ट लेख्नुहोस्