परराष्ट्रमन्त्री खड्का र लीबीच शिष्टाचार भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच होटल सोल्टीमा शिष्टाचार भेटवार्ता शुरु भएको छ ।
भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भइरहेको छ ।
भेटका क्रममा परराष्ट्रमन्त्री डा. खड्काले अध्यक्ष लीको भ्रमणप्रति खुशी व्यक्त गर्नु भएको छ । उहाँले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध राम्रो भएको र आगामी दिनमा पनि द्विपक्षीय सहयोग, सम्बन्ध र सहकार्य थप बढ्ने बताउनुभयो ।
भेटमा अध्यक्ष लीले चिनिया राष्ट्रिय कंग्रेसको स्थायी समितिको अध्यक्षको हैसियतले पहिलो पटक नै नेपाल भ्रमण गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
आजै ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष लीले शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #परराष्ट्रमन्त्री खड्का र लीबीच शिष्टाचार भेटवार्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्