टिकटक बनाउँदा रोल्पामा किशोरीलाई खोलाले बगायो
रोल्पा । रोल्पाको सुलिचौर दोभानमा रहेको लुङ्ग्री खोलाले सोमबार १४ वर्षीय बालीका फरीदा खातुनलाई बगाएको थियो ती बालिका आजसम्म बेपत्ता रहेकी छिन । उनको खोजिकार्य जारी रहेपनी फेला पार्न नसकिएको प्रहरीले बताएको छ ।
सुर्यदय मा.वि मा अध्ययन बालीका विद्यालयबाट परीक्षा सकेर घर फर्किए पश्चात् दिउसो करिब साढे ३ बजेको समयमा आफ्ना साथीहरूसँग घुमघाम गर्न खोला किनारामा पुगेर साथीहरूसँग खेल्दै टिकटक बनाउँदै गरेकी खातुनलाई खोलाले बगाएको खातुनका साथीहरूले बताएका छन् ।
खातुनलाई बगाए पछि खोलामा माछा मार्दै गरेका स्थानीयलाई उनका साथीहरूले गुहार मागेर उद्धार गर्न लगाएको भएतापनी माछा मार्न गएका व्यक्तिले उद्धार गर्ने प्रयास गर्दा नसकेपछि प्रहरीलाई खबर गरेका थिए ।
हिजो राती अबेरसम्म स्थानीय र प्रहरीले खोज्दा कही पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता एवम् सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिनुभयो ।
आज बिहानै देखी प्रहरी निरीक्षक प्रकाश वाग्लेको कमाण्डमा स्थानीय र प्रहरी मिलेर खोजीकार्य गरिरहेको भइरहेको छ । खोलाले बगाएर बेपत्ता भएकी फरीदा खातुनको घर कपिलबस्तु भएको र हाल सुलिचौर बीच बजारमा बुवा आमा सँगै बस्ने गर्थिन उनका बुबा आमा कपडा पसल राखी व्यापार गर्दै आइरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #टिकटक बनाउँदा रोल्पामा किशोरीलाई खोलाले बगायो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्