Techie IT
बिहीबार, वैशाख २५,२०८२

सामूहिक बलात्कारको आरोपमा २ जना युवक पक्राउ


मुगु । सामूहिक बलात्कारको आरोपमा २ जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिका-४ का २१ वर्षीय श्रीष्ट महतारा, कालिकोट सन्नी त्रिवेणी गाउँपालिका-३ रखुका स्थायी घर भई हाल छायानाथ रारा नगरपालिका-१४ बामगाउँमा बस्दै आएका १८ वर्षीय देवराज जैशी र १३ वर्षीय बालक रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

आरोपित १३ वर्षीय बालकलाई भने कानूनअनुसार संरक्षकको जिम्मामा छाडेको मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।

छायाँनाथ रारा नगरपालिका-१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजे तीन युवकले सामूहिक बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार अनुसार प्रतिवादिहरूलाई हिरासतमा राखि थप अनुसन्धान भइरहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #सामूहिक बलात्कारको आरोपमा २ जना युवक पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:16 am6:43 pm +0545