युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रबाट ७३ हजार विस्थापित
किभ। युक्रेनको द्वन्द्व प्रभावित पूर्वी र दक्षिणी क्षेत्रहरूबाट गत महिनामा ७३ हजार भन्दा बढी मानिसहरूलाई विस्थापित गरिएका युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरुको पुनर्मिलन मन्त्रालयले सोमबार जनाएको छ ।
विशेषगरी अनिवार्य रुपमा विस्थापित गराउन पर्ने पूर्वी डोनेट्स्क क्षेत्रबाट एक महिनामा करिब १६ हजार नागरिकहरुलाई हटाइएको मन्त्रालयले जानकारी दिएको छ । यसका साथै दक्षिणी युक्रेनको खेरसन र जापोरिज्जिया क्षेत्रका रुस नियन्त्रित क्षेत्रबाट ५० हजार मानिसलाई किभ नियन्त्रित क्षेत्रमा सारिएको पनि मन्त्रालयले थप जानकारी दिएको छ ।
युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेश्चुकले अनिवार्य निकासीलाई अन्य द्वन्द्वग्रस्त क्षेत्रहरूमा विस्तार गर्न सकिने बताउनु भएको छ ।सिन्ह्वा
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रबाट ७३ हजार विस्थापित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्