Techie IT
मंगलबार, मंसीर २,२०८३

बारा प्रहरीद्धारा ठूलो परिणाममा घरेलु मदिरा नष्ट


बारा । बारा प्रहरीले ठूलो परिणाममा घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले महागढीमाई नगरपालिका वडा नंबर ३ र १० गंजभवानीपुर टोलमा रहेको ५ वटा घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको हो।

बारा प्रहरीका अनुसार सोमबार भट्टी नष्ट गर्ने क्रममा अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिने ४० हजार लिटर कच्चा पदार्थ नष्ट गरिनुको साथै मदिरा उत्पादन गर्न प्रयोग गरिने मेसिन, भडाकुडा नियन्त्रणमा लिइएको छ ।

यसअघि आइतबार पनि बारा प्रहरीले फेटा गाउँपालिका-१, प्रसौनी-१ र ३ को टोलमा ५ वटा मदिरा भट्टी नष्ट गर्नुको साथै मदिरा उत्पादन गरिने १० हजार लिटर कच्चा पदार्थ नष्ट गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #घरेलु मदिराका भट्टी नष्ट, #बारा प्रहरीले ठूलो परिणाममा घरेलु मदिरा नष्ट


तपाईको कमेन्ट लेख्नुहोस्