Techie IT
बिहीबार, असोज १,२०८३

नेपालमा बच्चा चोरी भइरहेको कुरा भ्रामक: नेपाल प्रहरी


काठमाडौं । नेपाल प्रहरीले नेपालमा बच्चा चोरी भइरहेको कुरा भ्रामक रहेको जनाएको छ । एक सूचना जारी गर्दै नेपालमा पछिल्लो समय बच्चाहरूको चोरी भइरहेको भन्ने हल्ला भ्रामक रहेको जनाएको हो ।

पछिल्लो समय विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा भारतबाट आएकाहरूले नेपालमा बच्चा चोरी गरिरहेको भन्दै भ्रम फैलाएपछि प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीले एक सूचना जारी गर्दै त्यस्ता भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

त्यस्ता घटनाबारे अहिलेसम्म उजुरी प्राप्त नभएको प्रहरीले जनाएको छ । प्रहरीले भ्रामक प्रचार गर्नेलाई नेपालको प्रचलित ऐन, कानून बमोजिम कानूनी कारबाही गर्ने समेत जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #नेपाल प्रहरी


तपाईको कमेन्ट लेख्नुहोस्