काठमाण्डौ ५ का सांसद पोखरेलको सपना: बुढानिलकण्ठ र चंडेश्वरी जोड्ने “सम्पदा मार्ग”
काठमाण्डौ । काठमाण्डौ उपत्यकाको शिवपुरी पर्वत शृंखलाका काखमा रहेका पावन धार्मिक स्थल बुढानिलकण्ठ मन्दिर र टोखा चंडेश्वरी मन्दिरको दुरी अहिले १५ मिनेटमा छोट्टीएको छ।
दुई पवित्र धार्मिक स्थललाई जोड्ने “सम्पदा मार्ग” निर्माण सम्पन्न भए संगै अहिले भक्तजन र पर्यटकहरुलाई निकै सहज भएको छ भने सो क्षेत्रको आर्थिक गतिविधि पनि बढेको छ।
अहिले दुई मन्दिर जोड्ने सो मार्ग प्रातकालिन र सन्ध्याकालीन भ्रमणका साथै संगै जोडिएको शिवपुरी(नागार्जुन रास्ट्रिय निकुन्ज घुम्न आउनेहरुको रोजाइमा पर्ने गरेको छ।
भौगोलिक दुरीमा नजिक रहे पनि सडक अभावमा दुई मन्दिरको दर्शन गर्न लामो यात्रा गर्नुपर्ने बाध्यतामा रहेका तिर्थालु र पर्यटकहरुले अव भने केवल १५ मिनेटको यात्रामा दुवै मन्दिरको दर्शन गर्न सक्नेछन।
काठमाण्डौ क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले निर्वाचन प्रचारको दौरानमा दुई सम्पदा जोड्ने मार्ग निर्माणको घोषणा गरेका थिए।
सो क्षेत्रको सांसदमा निर्वाचित भए संगै “सम्पदा मार्ग ” लाई पहिलो प्राथमिकतामा राखेका सांसद पोखरेलको पहलमा संघीय सरकार बाट बजेट व्यवस्थापन गरेर निर्माण सम्पन्न गरिएको छ।
आफ्नो निर्वाचन क्षेत्रको शिरमा रहेका दुई धार्मिक सम्पदा र प्राकृतिक सम्पदाको रुपमा रहेको शिवपुरी(नागार्जुन रास्ट्रिय निकुन्जलाई समृद्धिको आधारमा विकास गर्नुपर्ने बताउदै आएका सांसद पोखरेलले ति मन्दिरहरुको पुनर्निर्माण र प्रवर्धनमा पनि निरन्तर सहयोग गर्दै आएका छन।
सो “सम्पदा मार्ग ” ले दुई मन्दिर संगै बुढानिलकण्ठ र टोखा नगरपालिकालाई उत्तरी सिमाना बाट जोडेको छ भने काठमाण्डौ उपत्यका बाट शिवपुरी पर्वत क्षेत्रमा आउने पर्यटकहरुलाई पनि निकै सहज भएको छ।
बुढानिलकण्ठ मन्दिर(वडा नं ५ कार्यालय(डाँडागाउँ जाने सडक हुदै चंडेश्वरी मन्दिर जाने सो मार्ग निर्माण सम्पन्न भए संगै होटल ,रेस्टुरेन्ट र अन्य व्यवसायहरु खुलेका छन।
पछिल्लो समय टिक टक र अन्य सामाजिक संजालका लागि सामाग्री बनाउनेहरुको भिड देखिने सो सडक संगै जोडेको जंगल र निकुन्ज क्षेत्र बनभोज स्थलको रुपमा पनि विकास भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ईश्वर पोखरेल, #काठमाण्डौ क्षेत्र नं ५, #नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्