Techie IT
मंगलबार, वैशाख २३,२०८२

साउदी अरबमा ४ करोड ७० लाख चक्की लागूऔषध बरामद


काठमाडौँ । साउदी अरबमा ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध एम्फेटामाइनसहित आठ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ६ जना सिरियाली नागरिएक एवम् दुई जना पाकिस्तानी रहेका छन् ।

साउदी अरबको लागूऔषध नियन्त्रण महानिर्देशनालयका अनुसार रियादस्थित एक गोदाममा छापा मार्दा ४ करोड ६९ लाख १६ हजार ४ सय ८० चक्की एम्फेटामाइन बरामद भएको हो । यसलाई साउदी अरबमा लागूऔषध विरुद्धको कारवाहीमा सबैभन्दा ठूलो सफलताको रुपमा हेरिएको छ ।

पिठोको थुप्रोमा लुकाएर तस्करहरुले उक्त परिमाणको लागूऔषध रियादस्थित सुख्खा बन्दरगाह कटाउन सफल भएको जनाइएको छ ।
खाडी मुलुकहरुमा एम्फेटामाइनको ठूलो स्तरमा कारोबार हुने गरेको बताइन्छ । खासगरी धनाढ्य वर्गका युवाहरुले यसको प्रयोग गर्ने गरेको पाइएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #लागूऔषध बरामद, #साउदी अरबमा ४ करोड ७० लाख चक्की लागूऔषध बरामद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:18 am6:41 pm +0545