हेटौंडा लेडी जेसिजको ‘जेसिज सप्ताह’ शुरु, सोमबार आमा घर नेपाललाई सहयोग हस्तान्तरण
हेटौंडा । हेटौंडा लेडी जेसीजको ‘जेसिज सप्ताह’ साेमबारबाट शुरु भएको छ ।
हेटौंडा लेडीले सप्ताहको पहिलो दिन मनहरीमा रहेकाे आमा घर नेपाललाई १५ हजार आर्थिक सहयोग गरि सुभारम्भ गरेकाे हाे ।
सामाजीक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सहित जेसिज सप्ताह शुरु गरेको हेटौंडा लेडी जेसीजकी वर्ष २०२२ काे अध्यक्ष कविता पाैडेलले बताईन्।
जेसिज सप्ताहको उद्घाटन गर्दै प्रमुख अतिथी हेटौंडा लेडी जेसीजकी पुर्व अध्यक्ष तथा नेपाल जेसीजकी राष्ट्रिय उपाध्यक्ष रश्मि बस्नेतले जेसिजले युवाहरुको व्यक्तित्व तथा नेतृत्व विकासमा उल्लेखनीय भुमीका निर्वाह गर्नुका साथै सामाजिक सेवाका कामहरुमा पनि हेटौंडा लेडीले उदाहरणीय रूपमा प्रस्तुत गरेको बताउँदै प्रशंसा गरेकि थिईन।
उनले आगामी दिनहरुमा पनि हेटौंडा जेसिजले यस्तै उत्कृष्ट कामहरु गर्दै जाने विश्वास पनि व्यक्त गरिन्। उनले भनिन् “मानवताकाे सेवानै जिवनकाे सर्वाेतम कार्य हाे समाज रूपान्तरणमा जेसीजले पुर्याएकाे याेगदान अतुलनीय र देश विकासमा महत्त्वपूर्ण सावित बन्दै आएकाे छ ।”
सप्ताह अन्तर्गत सहयोग हस्तान्तरण कार्यक्रम , महिला हिंसा विरूद्ध सचेतना तालिम,हुप्राचाैर सरसफाइ कार्यक्रम,आत्मरक्षा तालिम,स्वर्गीय बुद्ध रत्न स्मृति वक्तित्वकला प्रतियोगिता, स्वर्गीय वाशुप्रसाद पाैडेल स्मृति शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम,स्लाे स्कुटी रेस,डेङ्गु विरूद्ध सचेतना कार्यक्रम सहित समापन गरिने हेटौंडा लेडी जेसीजकी कार्यकारिणी उपाध्यक्ष तथा मुल कार्यक्रम संयाेजक सजिता केसी (खत्री )ले बताईन् ।
सहयोग रकम ग्रहण गर्दै आमा घरकी जनसम्पर्क अधिकृत मयाँ प्रसाईले जेसीजकाे यस्ता परोपकारी कामको अन्य संघ संस्थाहरुले पनि सिको गर्नुपर्ने बताईन् ।
पहिलाे दिनकाे कार्यक्रमकाे संयाेजन जेसी नम्रता श्रेष्ठले गरेकी हुन् भने कार्यक्रममा पुर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार सुशीला पाैडेल लगायत संस्थाका पदाधिकारीहरूकाे उपस्थिति रहेकाे थियाे ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्