Techie IT
सोमबार, वैशाख २२,२०८२

प्रज्ञा प्रतिष्ठानले अगाडी सारेका योजनाहरुलाई पूर्णता दिनका लागि सरकार प्रतिबद्ध छ: पर्यटन मन्त्री


काठमाडौं । सांस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले राष्ट्रको आवश्यकतालाई ध्यानमा राख्दै नेपाल प्रज्ञा प्रतिष्ठानले अगाडी सारेका योजनाहरुलाई पूर्णता दिनका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

प्रतिष्ठानद्धारा आयोजित प्रज्ञा पुरस्कारहरु एवम् राष्ट्रिय कविता महोत्सव (२०७९)का पुरस्कारहरु वितरण कार्यक्रममा बोल्दै उनले प्रतिष्ठानले देशसँग सम्बन्धित अन्य क्षेत्रमा पनि प्रभाव पार्ने काम र ऐतिहासीक जिम्मेवारीहरु निवार्ह गरेको भन्दै प्रशंसा गरेका थिए ।

‘राष्ट्रको आवश्यकतालाई बोध गरेर कोभिडको महामारीको समयमा होस या अन्य समयमा होस नेपाल प्रतिष्ठानले अगाडी सारेका योजनाहरुलाई पूर्णता दिनका लागि नेपाल सरकारको तर्फबाट सधै साथ र सहयोग हुने छ भन्ने प्रतिवद्धता दिंदै कार्यक्रम सफताको सुभकामना व्यक्त गर्दछु । विश्वभर छरीएर रहेका नेपाली संथालाई एउटै शुत्रमा बाँध्ने काम गरेको र यो नेपाल र नेपालीका लागी गर्भको कुरा हो ।’

यसले देशसँग सम्बन्धित अन्य क्षेत्रमा पनि प्रभाव पार्ने खालका अन्य ऐतिहासीक जिम्मेवारीहरु निर्वाह गर्दै आएको उल्लेख गर्दै नेपाली कविताको क्षेत्रमा नयाँ पुस्तालाई पनि सँगसँगै जोडेर अगाडी बढाँउने कार्य अत्यन्तै प्रसंनिय भएको बताएका छन् ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #जीवनराम श्रेष्ठ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:19 am6:41 pm +0545