सेप्टेम्बर ११ जसलाई अमेरिकाले कहिल्यै बिर्सने छैन
अन्तराष्ट्रिय । सन् २००१ को सेप्टेम्बर ११ तारिखमा १९ जना अपहरणकारीले इन्धन भरिएका चारवटा अमेरिकी विमानहरु अपहरण गरेर दुईलाई न्यूयोर्कस्थित वर्ल्ड टावर सेन्टरका जुम्ल्याहा भवन, वासिङ्टनस्थित अमेरिकी सरकारको परराष्ट्र मन्त्रालय रहेको पेन्टागन र पेन्सिल्भानियामा रहेको स्यांक्सभिलमा ठोक्काएका थिए ।
उक्त आतंकवादी आक्रमणमा न्यूयोर्क, भर्जिनिया र पेन्सिल्भानियाका गरी २ हजार ९ सय ७७ जनाको मृत्यु भएको थियो जसमध्ये १९ अपहरणकर्तासमेत थिए । घटनाको जिम्मेवारी आतंककारी संगठन अल कायदाले लिएको थियो ।
टावरको माथिल्लो तल्लामा हज्जारौं फसेका थिए । विमानको हमला लगत्तै धेरैको मृत्यु भयो भने त्यसपछि लागेको आगोमा परी थुप्रैले ज्यान गुमाए । कतिको त्यहाँबाट हाम फालेका कारण पनि मृत्यु भयो । उक्त टावरमा २ हजार ६ सय ६ को मृत्यु भएको थियो ।
अमेरिकामा भएको आतङ्ककारी हमलाको २१ वर्ष पूरा भएको छ । अमेरिकाको न्युयोर्क, भर्जिनिया र पेन्सिलभिनियामा आतङ्ककारी हमलाको २१ औ स्मृति दिवस मनाइदैछ । अमेरिकी इतिहासको कालो दिन भनेर सेप्टेम्बर ११ लाई भनिन्छ । स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेर ४६ मिनेटमा पहिलो टावरमा विस्फोट गराइएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #सेप्टेम्बर ११ जसलाई अमेरिकाले कहिल्यै बिर्सने छैन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्