Techie IT
मंगलबार, मंसीर २,२०८३

सरकारले लामखुट्टेको लाभा ‘खोज र नष्ट गर’ अभियानलाई तिव्रता दिने


काठमाडौं । डेंगुको संक्रमण बढेपछि सरकारले नियन्त्रणका लागी लामखुट्टेको लाभा ‘खोज र नष्ट गर’ अभियानलाई तिव्रता दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै डेंग न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसंगको समन्वयमा यो अभियानलाई प्राथमिकता दिएको हो ।

डेंगु नियन्त्रणको उपायका बारेमा विशेषज्ञहरूसँग नियमित परामर्श बैठक र विभिन्न सरोकारवालासँग छलफल र समन्वयात्मक प्रयासहरु गरिरहेको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो प्रायः दिनको समय विषेशगरी विहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुनाले डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउनुहुन नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरु एवं सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा अनुरोध समेत गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #डेंगुको संक्रमण, #सरकारले लामखुट्टेको लाभा ‘खोज र नष्ट गर’ अभियानलाई तिव्रता दिने


तपाईको कमेन्ट लेख्नुहोस्