लागूऔषध सहित पाँच जना पक्राउ
काठमाडौं । सुर्खेत, सिरहा, कैलालीबाट पाँच जना पक्राउ परेका छन् ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ चाँदनी चोकबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब ४ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय जिवन सोमई मगर पक्राउ परेका छन् भने सिरहा, सखुवानान्करकट्टी गाउँपालिका–५ महेशवारी चोकस्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २८ ट्याब्लेट, स्पास्मो प्रोक्सिभन ३८ ट्याब्लेट र ९ एमएम पेस्तोलको गोली १ थान सहित प्रहरीले लक्ष्मीपुरपतारी गाउँपालिका–५ घर भई लहान नगरपालिका–५ बस्ने २५ वर्षीय अब्दुल मरासिकी र उदयपुर त्रियुगा नगरपालिका–४ घर भएका ४१ वर्षीय ध्रुब बुढाथोकी पक्राउ गरेको छन् ।
त्यस्तैगरी कैलाली, धनगढी उपमहानगरपालिका–२ रुवस होटल नजिकबाट अवैध लागूऔषधब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका–३ बस्ने २१ वर्षीय अशोक अधिकारी र २४ वर्षीय मोहित जोशीलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरीपोष्ट बसपार्क कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #लागूऔषध सहित पाँच जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्