Techie IT
सोमबार, वैशाख २२,२०८२

 समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची तालीका सार्वजनिक


काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक पद्धतितर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
जस अनुसार असेज २ देखि ३ गतेसम्म दलहरुले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुर्नेछ । उक्त बन्दसूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्नेछ र कानुन अनुसार नभएमा सच्याउन दहरुलाई सूचित गर्नेछ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संवत् २०७९ साल मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम निर्धारण गरी नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।
राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेश गर्दा पूरा गर्नुपर्ने विधिहरु र कागजातहरूको जनकारीका बारेमा आयोगको आफ्नो वेबसाइटमा राखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
ऐन, नियमावली तथा निर्देशिकामा उल्लेख भए बमोजिमको विधि, प्रकृया पूरा नभएको वा संलग्न गर्नु पर्ने कागजात संलग्न नभएको अवस्थामा त्यस्तो बन्दसूची दर्ता नहुने भएकाले सो विषयतर्फ सजग भई उम्मेदवार र राजनीतिक दलहरूले विशेष ध्यानदिन आयोगले अनुरोध समेत गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन आयोग, #समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची तालीका सार्वजनिक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:18 am6:41 pm +0545