Techie IT
मंगलबार, असार २३,२०८३

खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा यूवक पक्राउ


काठमाडौं । धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा एक यूवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१२ सिक्रेनी बस्ने ३८ वर्षीय जोनसागर
ब्लोन रहेका छन् ।
सोही ठाउँमा बस्ने २६ वर्षीय बिरन घिसिङलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
जोनसागरले पुरानो रिसइविको कारण घर नजिकैको चौतारामा बिरनलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले जोनसागरलाई घटनामा प्रयोग गरेको खुकुरी सहित पक्राउ गरेको हो ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बिरनलाई हेटौंडा अस्पताल हुँदै थप उपचारको लागि बिएण्डबि अस्पताल ललितपुर रिफर गरिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा यूवक पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्