पुजारीको हत्यामा संलग्न आरोपी २ वर्षपछि पक्राउ
काठमाडौं । रौतहटमा पुजारीको हत्यामा संलग्न भएको आरोप लागेका एक अभियुक्तलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ ।
माधव नारायण–२ स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय राम साहको हत्यामा संलग्न भई फरार रहेका अभियुक्त देवाही गोनाही नगरपालिका–१ करुणिया घर भएका शेख बिकाउलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
२०७७ भदौ ३ गते पुजारी साहको हत्यामा संलग्न भई उनी फरार रहेका थिए। आपसी विवादमा उनले पुजारी साहलाई कन्चटमा गोली प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
हत्यापछि लुकिछिपी बस्दै आएका आरोपीलाई आफ्नो घर आएको मौकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पुजारीको हत्यामा संलग्न आरोपी २ वर्षपछि पक्राउ, #हत्यामा संलग्न आरोपी २ वर्षपछि पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्