सांसदसहित जसपाका नेताकार्यकर्तालाई एमालेमा प्रवेश
काठमाडौं । जनता समाजवादी पार्टीका सांसद रुही नाज नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।
सर्लाही निर्वाचन क्षेत्र नं।२ निवासी सांसद नाज, सर्लाही जिल्ला समन्वय समितिका पूर्व प्रमुख मेथुर चौधरी र मलङ्गवा नगरपालिकाका पूर्व नगरप्रमुख निरशल साहलगायतका जसपाका नेताहरू एमालेमा प्रवेश गर्नुभएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आज आयोजित कार्यक्रममा उहाँहरूलाई खादा लगाई स्वागत गर्नुभयो ।
पार्टी प्रवेश गर्नेहरूमा जसपाका प्रदेश समिति सदस्य किसुनदेव यादव, जिल्ला उपाध्यक्ष देवेन्द्र यादव, कौडैना गाउँपालिका अध्यक्ष राजनन्दन चौधरी, मलङ्गवा नगर समितिका सन्तोष दास, सुशील चौधरी, वडाध्यक्षका उम्मेदवार वीरेन्द्र राय, रामचन्द्र राय, उपेन्द्र राय, पुदनी चौधरी, वैधनाथ राय, नन्दकिशोर राय, पर्साका रामबाबु यादव, सुरेन्द्र साह, नवीन राय, कौशल राय र गोविन्द पासवान हुनुहुन्छ ।
त्यसैगरी जसपाका नेताहरू नथुनी चौधरी, सञ्जय जयसवाल, विसुन्धर चौधरी, मलङ्गवाका शत्रुघन यादव र देवरलाल राय पनि एमालेमा प्रवेश गर्नुभएको छ ।
त्यस्तै, नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा महासमिति सदस्य महम्मद जुनेद रिजवी र माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य सनम नेपाल पनि एमालेमा प्रवेश गर्नुभयो ।
सो पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने एकमात्र लक्ष्य र गन्तव्य तय गरेको पार्टी प्रवेशको सही छनौट गर्नुभएकोमा नवप्रवेशी सबैलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले आगामी निर्वाचनले देशको भविष्य फैसला गर्ने हुँदा सामान्य र नियमित प्रक्रियामात्र नभई महत्वपूर्ण निर्वाचन भएकोले एमालेलाई विजयी बनाउने गरी लाग्न निर्देशन दिनुभयो । अध्यक्ष ओलीले नवप्रवेशीहरूलाई अब एउटै परिवारको सदस्य हुनुभएको र पार्टीभित्र कसैप्रति भेदभाव र पक्षपात नहुने विश्वास दिलाउनुभयो ।
नेकपा ९एमाले० सर्लाहीको संयोजनमा भएको कार्यक्रममा एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले नवप्रवेशीलाई टीका लगाई स्वागत गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #एमालेमा प्रवेश, #सांसदसहित जसपाका नेताकार्यकर्तालाई एमालेमा प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्