एमाले अध्यक्ष ओली आज जनकपुरमा हुने बृहत पार्टी प्रवेश कार्यक्रममा सहभागि हुनुहुँर्दै
जनकपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज ठूलो संख्यामा पार्टी प्रवेश गराउन जनकपुर जाँदैहुनुहुन्छ ।
एमाले जनकपुरका अनुसार तिरुतियामा हुने कार्यक्रममा जनता समाजवादी,काँग्रेस,लोकतान्त्रिक समाजवादी र माओवादी पार्टी छोडेर ठूलो संख्यामा मानिसहरु एमाले प्रवेशको तयारीमा छन् । यसका लागि स्थनीय पार्टी र केन्द्रीय नेताहरुले लामो समय देखि प्रयास जारी राखेका थिए । आजको कार्यक्रममा कम्तीमा ५ हजार जनालाई एमाले प्रवेश गराइने स्थानीय नेता शम्भू साहले जानकारी दिनुभयो । पार्टी प्रवेशपछि आयोजना हुने बृहत्त जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
अध्यक्ष ओली जनकपुर आउने भनेपछि गाउँगाउँबाट पार्टी कार्यकर्ता र स्थानीय जनताहरु कार्यक्रमस्थल आउने तयारी गरेका छन् । अध्यक्ष ओली आज ११ बजे जनकपुर पुग्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #केपी शर्मा ओली, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्