बागमती प्रदेश सांसद माझीद्वारा राप्रपा परित्याग
मकवानपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद रिता माझीले पार्टी परित्याग गर्नु भएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सँघारमा माझीले आइतबार राप्रपा छोडेको घोषणा गर्नु भएको हो ।
राप्रपाले समानुपातिकबाट प्रदेशसभा सदस्य बनाएको माझी राप्रपाको निर्वाचित केन्द्रीय सदस्य हुन् । तत्कालीन राप्रपामा कमल थापा निकट मानिएकी रामेछाप निवासी माझीले अहिले मुलुकले एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजिरहेको भन्दै राप्रपा वर्तमान आवश्यकतालाई परिपूर्ति गर्ने ढङ्गबाट अघि बढ्न नसकेको आरोप लगाउन भएको छ ।
“छरिएर रहेका सबै राष्ट्रवादी, देशभक्त प्रजातन्त्र प्रेमीहरूलाई समेटेर लैजान सक्ने सक्षम नेतृत्व मुलुकले खोजिरहेको छ । तर, दुर्भाग्य अहिलेको आवश्यकतालाई परिपूर्ति गर्ने ढङ्गबाट राप्रपा अघि बढ्न सकेन । साँघुरो सोच र व्यवहार, अंहकार, कुण्ठा अनि पूर्वाग्रह प्रेरित भावनाबाट नेतृत्व तह अघि बढ्नुलाई आम कार्यकर्ताले अस्वाभाविक रुपमा लिएका छन्,” माझिले आरोप लगाउनु भएको छ ।
उहाँले राप्रपा बाहिरबाट हेर्दा मोटाएको जस्तो देखिने तर भित्रभित्रै रोगले सुन्निएको अवस्थाबाट गुज्रिरहेको टिप्पणी गर्नु भएको छ । “यो सबै घाम जत्तिकै छर्लङ्ग तथ्यलाई बुझेर पनि भावना शून्य, बिचारहीन राप्रपामा बसिरहन आत्माले स्वीकार नगरेका कारण आजैका मितिदेखि लागू हुने गरी निर्वाचित केन्द्रीय सदस्यसहित राप्रपाको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको छु,’ उहाँले भन्नुभएको छ । माझी कमल थापा नेतृत्वको राप्रपा नेपाल प्रवेशको तयारीमा रहेको बुझिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बागमती प्रदेश सांसद माझीद्वारा राप्रपा परित्याग, #राष्ट्रिय प्रजातन्त्र पार्टी, #रिता माझी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्