नेपाल बजार बिक्री प्रतिनीधि संघको संगठन सचिव पदमा रमेश नेपाल निर्बाचित
चितवन । नेपाल बजार बिक्री प्रतिनीधि संघको संगठन सचिव पदमा रमेश नेपाल सर्बसम्मत निर्बाचित हुनुभएकाे छ । नेपाल बजार बिक्री प्रतिनीधि संघक छैंठौ राष्ट्रिय महाधिवेशन चितवनमा 25 गते सम्पन्न भएको हाे । नेपाल बजार बिक्री प्रतिनीधि संको पोखरामा केन्द्रिय कार्यालय रहेको छ ।
नेपाल बजार बिक्री प्रतिनीधि संघकाे स्थापना सम्पूर्ण कम्पनी प्रतिनीधिहरु एक हौँ, उद्योग व्यवसायको रक्षा गरौँ, रोजगारीको सिर्जना गरौँ भन्ने उद्देश्यका साथ भएको थियो । चितवनका रमेश नेपालले संगठन सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको थियो । २०६६ सालदेखि नेपाल, नेपाल बजार प्रतिनिधि संघ लुम्विनी इकाइमा आबद्ध भई हाल नारायणी इकाइको सदस्यको रुपमा आबद्ध हुनुहुनथियाे ।
उहाँले संस्थालाई विधी र विद्यान अनुरुप व्यवस्थित र संगठित गराउनका लागि आफ्नो महत्त्वपूर्ण भुमिका रहेकाे बताउनुभएको छ । नेपालले इकाइमा आबद्ध सदस्यहरुका लागि इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरि दुर्घटना विमाका लागि पहल गर्ने, रक्तसन्चार केन्द्र संग प्रत्येक इकाई एबम केन्द्रको समन्वयमा विशेष कोष स्थापना गरि निशुल्क रगत उपलब्ध गराउन पहल गर्ने, उत्कृष्ट इकाइलाई सम्मान गर्ने, इकाइको प्रचारप्रसारमा जोड दिने, संस्थामा आबद्ध प्रतिनीधिहरुको हकहितका लागि आवाज उठाउने र संस्थालाई मर्यादित तथा मजबुत बनाउन केन्द्रमा पहल गरि प्रत्येक इकाईमा विभिन्न तालिमको व्यवस्था गर्ने लगायतका उद्देश्यहरु राखि संठगठन सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #रमेश नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्