Techie IT
बिहीबार, कात्तिक २७,२०८३

कोटेश्वरको भाटभटेनीमा पनि चल्यो महानगरको डोजर (फोटो फिचर)


काठमाडौं । कोटेश्वरको भाटभटेनीमा महानगरले डोजर चलाएको छ । भाटभटेनीमा अनधिकृत संरचना बनाएको भन्दै महानगरले डोजर लगाएर हटाउन थालेको हो ।

महानगरले केही दिन अघिदेखि फुटपाथ मिचेर राखेको होर्डिङ बोर्ड, होटेल, टहरा लगायतका संरचना डोजरको प्रयोग गरेर हटाइरहेको छ ।

काठमाडौं महानगरपालिका-३२ मा रहेको भाटभटेनीमा महानगरले बेसमेन्टमा रहेको संरचना हटाउन सुरु गरेको छ । बेसमेन्टमा रहेको संरचना हटाउन महानगरले डोजर पनि साथमै लिएर गएको छ ।

भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा पास भएता पनि अर्को प्रयोजन भएको पाइएकोले बेसमेन्टमा रहेका संरचना हटाउन लागेको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोटेश्वरको भाटभटेनी


तपाईको कमेन्ट लेख्नुहोस्