बाघले खाएको अवस्थामा एक वृद्ध मृत फेला
चितवन । चितवनमा बाघले खाएको अवस्थामा एक वृद्ध मृत फेला परेका छन् । माडी नगरपालिका वडा नम्बर २ ढिकुने बस्ने ६८ बर्षीय सूर्यनाथ अधिकारी मृत भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार शनिबार दिउसो १ बजे वृद्ध अधिकारी र उनका २५ बर्षीय छोरा होम बहादुर अधिकारी सोही स्थानको मध्यवर्ती सामुदायिक वन अमलियामा भैँसी चराउन गएको र छोराले बुबालाई घर पठाएकोमा बेलुका छोरा होमनाथ घर फर्किदासम्म बुबा होमनाथ घर नआएपछि खोजीको लागि परिवारले प्रहरीलाई जानकारी गराएको थियो ।
खोजतलासको क्रममा आज बिहान साँढे ८ बजे सूर्यनाथले लगाएको टोपी, चप्पल र छाता सहित र सोही जङ्गलमा उनको शव बाघले खाएको अवस्थामा भेटिएको हो । हाल शवको मुचुल्का गरी शव परीक्षणको लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बाघले खाएको अवस्थामा एक वृद्ध मृत फेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्