Techie IT
मंगलबार, कात्तिक २५,२०८३

बेलायती महारानी एलिजाबेथको निधनमा सरकारले आजबाट तीन दिन शोक मनाउने


काठमाडौं । नेपाल सरकारले बेलायतती महारानी एलिजाबेथ द्वितीयको निधनमा आजबाट ३ दिन शोक मनाउने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार भदौ २५ गतेबाट २७ गतेसम्म शोक मनाउने एवं देशभरको सरकारी कार्यालय,विदेशस्थित नेपाली राजदुतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।

बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार राति बाल्मोरलमा निधन भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एलिजाबेथ द्वितीय, #एलिजाबेथको निधनमा सरकारले आजबाट तीन दिन शोक मनाउने


तपाईको कमेन्ट लेख्नुहोस्