अनिल परियार हत्या प्रकरण : थप एक जना रुपन्देहीबाट पक्राउ
चितवन । कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादीलाई चितवन प्रहरीले रुपन्देही प्रहरीको सहयोगमा पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार भरतपुर महानगरपालिका १२ बस्ने नेपाली कांग्रेसको बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्यामा संलग्न रहेको आरोपमा लामो समय देखी फरार रहदै आएका भरतपुर महानगरपालिका वडा नंम्बर १५ बस्ने ३२ बर्षीया तिलक गैरेलाई पक्राउ गरेको हो ।
गैरेलाइ जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा हिजो (बिहीबार) बिहान सात बजे रुपन्देही १ बेलहियास्थितमा लुकीछिपी हिडिंरहेको अवस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।
पक्राउ परेका गैरेलाइ आवश्यक कारवाहीको लागी आज (शुक्रबार) सम्मानित चितवन जिल्ला अदालतमा उपस्थित गराईएको उनलेे जानकारी दिए ।
नेपाली कांग्रेसको बागमती प्रदेश प्रतिनिधि समेत रहेका परियारलाइ स्थानीय तहको निर्वाचनका क्रममा बैशाख २५ गते साँझको साँढे सात बजे भरतपुर महानगरपालिका ७ कृष्णपुरस्थित पंचेश्वर नगर प्लटिङ्गको भित्री पक्की पिच सडकमा धारिलो हतियार प्रहार गरी कर्तव्य गरी हत्या गरिएको थियो ।
सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका भरतपुर महानगरपालिका १५ बस्ने ३५ बर्षीया “विश्व” भनिने हेमन्त बास्तोला र भरतपुर १२ बस्ने २३ बर्षीया सुनिल राउत यसअघि नै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
त्यस्तै, अर्का आरोपित माडी घर भइ भरतपुर १५ बस्ने रोहितप्रसाद सिलवाल २० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । पक्राउ परेर पुर्पक्षका लागी कारागार चलान भएका वास्तोला तरुण दल चितवनका प्रवक्ता हुन् ।
घटनामा संलग्न अन्य ब्यक्तिको समेत खोजीकार्यलाई तीव्रताका साथ अघि बढाइएको चितवन प्रहरीले जनाएको छ । प्रहरीले आफ्नो सक्रियता बढाएसंगै परियारको हत्यामा संलग्न ४ जना पक्राउ परिसकेका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्