नेपालले सन्तुलित परराष्ट्र नीति अपनाउनुपर्छ: निलाम्बर आचार्य
काठमाडौं । संविधानविद् निलाम्बर आचार्य नेपालले सन्तुलित परराष्ट्र नीति अपनाउनुपर्ने बताएका छन् । नेपाल दुई बिशाल राष्ट्रको बीचमा रहेको उल्लेख गर्दै उनले स्वाधीनता, सार्वभौमिकता र स्वाभिमानलाई रक्षा गर्न सन्तुलित परराष्ट्र नीति अपनाउनुपर्ने बताएका हुन्।
एमालेका पोलिटब्यूरो सदस्य आनन्दप्रसाद पोखरेलद्वारा लिखित ‘गन्तव्य समाजवाद’ को लोकापर्ण कार्यक्रममा बोल्दै आचार्यले स्वाधीनता र राष्ट्रियता रक्षाको लागि एमालेले राम्रो काम गरेको दाबी गरे । सीमा विवाद, कालापानी र लिम्पियाधुरालाई नेपालको नक्सामा समावेश गर्ने कुरा एमाले र केपी ओलीले खेलेको भूमीका सराहनीय रहेको तर्क गरे ।
हामी दुईवटा छिमेकी राष्ट्रको बीचमा छौं । हामीले सन्तुलित परराष्ट्र नीति अपनाउनु पर्छ । हाम्रो स्वाधीनता, हाम्रो सार्वभौमिकता, हाम्रो स्वाभिमानलाई रक्षा गर्नुपर्छ । यस मानेमा एमालेले राम्रो काम गरेको छ । स्वाधीनताको, राष्ट्रियताको सन्दर्भमा चाँहे सीमा विवाद, कालापानी, लिम्पियाधुरालाई नेपालको नक्सामा समावेश गर्ने कुरा यसमा एमालेले खेलेको भूमीका, केपी ओलीले खेलेको भूमीका सराहनीय छ ।
उनले संविधानपछिको नाकाबन्दीको विरुद्ध पनि एमालेले राम्रो काम गरेको स्मरण गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #निलाम्बर आचार्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्