सल्यानमा ११ सयभन्दा बढी उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण
सल्यान । स्थानीय तहको चुनावमा उम्मेदवारी दिएका सल्यानका अधिकांश उम्मेदवारले खर्च विवरण नबुझाएको पाइएको छ ।
जिल्लाका १० स्थानीय तह र ८३ वटा वडाहरूमा गत वैशाखमा सम्पन्न चुनावमा उम्मेदवारी दिएका उम्मेदवारहरूले जिल्ला निर्वाचन कार्यालयमा अझै खर्च विवरण नबुझाएका हुन ।
जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार निर्वाचन समय भित्र २ सय २१ जनाले मात्र खर्च विवरण बुझाएका छन् भने १ सय ५६ जनाले बिलम्ब गरी खर्च विवरण बुझाएका छन् ।
स्थानीय तह निर्वाचनमा १ हजार ४ सय ८० उम्मेदवार भएपनि १ हजार १ सय ३ जनाले अझै खर्च विवरण बुझाउन बाँकी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी तेजेन्द्र कुमार चन्दले जानकारी दिनुभयो ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (४) बमोजिम सफाइ सहितको स्पष्टीकरण ७ दिनभित्र पेश गर्न आग्रह गरिएको उहाँको भनाई छ ।
नगर कार्यपालिका, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिमा उम्मेदवारी दिई निर्वाचनको खर्च विवरण नबुझाउने र कानूनले तोकेको समयावधि समाप्त भई सके पनि वास्ता नगर्ने उम्मेदवारलाई मौका स्वरूप एक साताभित्र सफाइ पेश गर्न आग्रह गरिएको कार्यालयले जनाएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ को उपदफा (१) र पालिका चुनाव ऐन, २०७३ को दफा ६४ को उपदफा ९४० मा चुनाव खर्चको विवरण सम्बन्धित दल, उम्मेदवार वा तिनका प्रतिनिधिले चुनाव परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको ढाँचामा खर्चको बिल भर्पाई सहित निर्वाचन कार्यालय समक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सल्यान, #सल्यानमा ११ सयभन्दा बढी उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्