दूतावास पुगेर राष्ट्रपतिद्वारा महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। लैनचौरस्थित बेलायती दूतावासमा शुक्रबार दिउँसो पुगेर राष्ट्रपति भण्डारीले महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।
सात दशक राजगद्दीमा बसेकी ९६ वर्षीया महारानी एलिजाबेथको बिहीबार निधन भएको हो । शुक्रबार दिउँसो दूतावास पुगेर राष्ट्रपति भण्डारीले महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । महारानीको निधन खबरले आफू दुःखी भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आफ्नो र नेपाल सरकारको तर्फबाट एलिजाबेथप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै उहाँले एलिजाबेथको निधनप्रति दुःख व्यक्ति गर्दै आफ्नो र नेपाल सरकार र जनताको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #दूतावास पुगेर राष्ट्रपतिद्वारा महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त, #राष्ट्रपति विद्यादेवी भण्डारी, #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्