Techie IT
मंगलबार, मंसीर २,२०८३

तरुण दल बाराले गर्यो विपी जयन्तीको अवसरमा फलफुल वितरण


बारा । बाराको कलैया उपमहानगरपालिका वडा नं ६ मा स्थित कलैया प्रादेशिक अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरी १०९ औँ विपी जयन्ती मनाइएको छ।

विपि कोइरालाको १०९ औँ जन्म जयन्तीको अवसरमा सो कार्यक्रम नेपाल तरुण दल बाराको आयोजनामा सम्पन्न गरिएको थियो। सो अवसरमा तरुण टोलीले कलैया अस्पतालका इमर्जेन्सी, गाइनो वार्ड र अपरेसन वार्डमा रहेको करिब ८५ जना विरामीहरूलाई फलफूल वितरण गरेको थियो। सो फलफूल वितरण नेपाल तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेलको अध्यक्षता तथा पूर्व मन्त्री कलावती पासवानको प्रमुख आतिथ्यता सम्पन्न गरिएको थियो।

सो अवसरमा बारा क्षेत्र नम्बर ४ ूखू का नेपाली कांग्रेसका सभापति लोकेश सिंहको विशिष्ट आतिथ्यतामा आयोजित फलफुल वितरण कार्यक्रममा काँग्रेस र तरुण दलका नेता कार्यकर्ताका साथै अस्पतालका डा।मनोज साह , युवा नेता हरिओम पटेल ,छेत्रीय सभापति राजकिशोर गुप्ता, लगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #तरुण दल बारा, #तरुण दल बाराले गर्यो विपी जयन्तीको अवसरमा फलफुल वितरण


तपाईको कमेन्ट लेख्नुहोस्