Techie IT
सोमबार, वैशाख २२,२०८२

प्रतिनिधिसभा अन्त्यको घोषणा नै नगरीे अघि बढ्ने सरकारको तयारी


काठमाडौं। आफूलाई संसदीय लोकतन्त्रको हिमायती बताउने वर्तमान गठबन्धन सरकारले चालु अधिवेशन अन्त्यको घोषणा नै नगरी अघि बढ्ने तयारी गरेको छ । एमालेको सशस्त्र विरोधका कारण प्रतिनिधिसभाको आयु बढाउनबाट पछि हट्नु परेपछि सरकार र सभामुख संसदीय प्रचलनलाई कुल्न उद्दत भएका हुन् ।

प्रतिनिधिसभाको आयु अब १० दिन मात्र बाँकी छ । प्रतिनिधि सभाको कार्यकाल आफैँ सकिने भएकोले अधिवेशन अन्त्यको औपचारिक घोषणा गर्न नपर्ने तर्क गर्दै सरकार अघि बढ्न लागेको स्रोतको दाबी छ ।

सरकारले अधिवेशन अन्त्य गर्ने विषयमा सभामुखसँग अहिलेसम्म कुनै छलफल गरेको छैन । सरकारले सभामुखलाई अहिलेसम्म यसबारे जानकारी नगराएपछि संसद् सचिवालयले चालु अधिवेशनमा भएगरेका कामको विवरण तयार नगरेको स्रोत​ले बतायो ।

अधिवेशन अन्त्य हुने दिन सभामुखले चालु अधिवेशनमा भए गरेका कामको विवरण सुनाउने प्रचलन छ ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545